काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय अनुशासन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले पार्टी महाधिवेशनका सम्बन्धमा पार्टी केन्द्रीय समितिले गरेका औपचारिक निर्णयबाहेकका निर्णय मान्य नहुने बताएका छन् ।

नेता ढुंगानाले पार्टीको केन्द्रीय समितिको निर्णय विपरीत गएर पार्टी विधानको उल्लंघन गर्नेहरू जो कोही भए पनि कारबाही गर्न पछि नहट्ने बताएका छन् ।

advertisement

उनले विशेष महाधिवेशनका नाममा हल बुक गर्ने लगायतका काम भएको बारे केन्द्रीय अनुशासन समितिमा औपचारिक रूपमा उजुरी नआएकाले कारबाही प्रक्रिया अघि नबढाएको नेपाल प्रेससँगको कुराकानीमा बताए ।

‘उजुरी आएमा अनुशासनको प्रचलित मापदण्ड र पार्टी विधानअनुसार कारबाही हुन्छ,’ ढुंगानाले भने, ‘अनुशासन समितिले उजुरी प्राप्त गरेमा उजुरीउपर कारबाही गर्ने प्रचलन भएकाले उजुरी नआउँदासम्म के गर्ने भन्ने कुरा भएन, उजुरी आयो भने केन्द्रीय समितिको निर्णय विपरीत गएर पार्टी विधानको उल्लंघन गर्नेहरू जो कोही भए पनि कारबाही हुन्छ ।’

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com