जुस पिउन प्रधानमन्त्री निवासमा निकोलस

जुस पिउन आफैं प्रधानमन्त्री कार्यालय पुगे डा. निकोलस भुसाल



काठमाडौं । प्रधानमन्त्री कार्कीको राजिनामा सहितको माग राख्दै अनशन बसेका कमल भुसाल (डा. निकोलस भुसाल) र हरिश विष्टले अनशन तोडेका छन् ।

प्रधानमन्त्रीको राजिनामा मागसहित अनसन बसेका निकोलस भुसाल तिनै प्रधानमन्त्रीको हातबाट जुस पिउन हस्पिटलको बेडबाट बालुवाटार पुगेका हुन्। यससँगै उनीहरूले ११औँ दिनमा अनशन तोडेका छन् ।

advertisement

उनीहरुले ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको जनाइएको छ। सहमतिपत्रमा डा. भुसाल, विष्ट र सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com