काठमाडौं ।  समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सिफारिस गरिएको जसपा नेपालका अध्यक्ष सियाराम यादवले बताए। उनका अनुसार क्षेत्र नं १ बाट मोहम्मद असलम खान, चन्द्रभान तिवारी, कान्छा कोहार र क्षेत्र नं २ बाट दीपक गुरुङको नाम सिफारिस गरिएको छ।

advertisement

त्यसैगरी, क्षेत्र नं ३ बाट कैलाश गुरुङ, निलम यादव, सियाराम यादव, ४ बाट रामअवतार यादव तथा क्षेत्र नं ५ बाट मोहम्मद वाहीद फकिर, निधिलाल केवट, गोविन्द कोहार र राजकुमार लोधको नाम सिफारिस गरिएको जसपा नेपाल जिल्ला समितिले जनाएको छ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com