काठमाडौं । प्रहरीले गएराति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई छ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो ।

advertisement

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सो होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यसैबीच देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । झापा, दाङ, सुनसरी, मोरङ, रूपन्देही, सिराहा, कैलालीलगायत जिल्लाबाट उनीहरु पक्राउ परेका हुन् ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com