बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता टोबहादुर रायमाझीलाई नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँची निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
एमालेका पूर्व सचिवसमेत रहेका रायमाझीसँगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।
एमाले जिल्ला कार्यालयका सचिव लिलाबहादुर बिकका अनुसार, एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटी बैठकले पाँच जनाको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
यसैबीच, प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूले देशभरबाट उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र बनाएका छन्।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया