काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टी सुसंस्कृत मूल्य–मान्यतामा आधारित रहेको उल्लेख गर्दै अरू राजनीतिक शक्ति समाप्त होऊन् भन्ने सोच पार्टीमा नरहेको स्पष्ट पारेका छन्।

मंगलबार पुस २२ गते पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपालले पार्टीको राजनीतिक संस्कार सकारात्मक र सहकार्यमा विश्वास गर्ने खालको रहेको बताए। उनले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा मतभारको आधारमा अन्य दलहरूसँग सहकार्य हुनसक्ने संकेतसमेत गरे।

advertisement

“हामी कसैप्रति पनि नकारात्मक टिप्पणी गर्दैनौँ। नेपाली कम्युनिस्ट पार्टीको मूल संस्कार नै सुसंस्कृत छ,” नेता नेपालले भने, “अरूको बदख्वाइँ गर्ने, निन्दा गर्ने वा अरू सबै समाप्त होऊन् भन्ने सोच हामी राख्दैनौँ। हामी फराकिलो सोच र उदार हृदय भएका मानिसहरू हौँ।

आफ्नो जीवन र समय देश तथा जनताको सेवामा समर्पित गरेको उल्लेख गर्दै उनले कसैसँग डराउनुपर्ने अवस्था नरहेको दाबी गरे। नेता नेपालका अनुसार राजनीतिक विचार, सिद्धान्त र व्यवहारमै सत्य देखिने भएकाले गलत नगरेकालाई डरको कारण हुँदैन।
“नयाँ भनिएका सबैलाई हामीले देखिसकेका छौँ, ती त हामीले नै जन्माएका सन्तानजस्तै हुन्,” उनले भने, “गल्ती गर्नेले मात्र डराउने हो। विचार, सिद्धान्त र कामका आधारमा सबै प्रष्ट छन्।”
उनले सबै राजनीतिक शक्ति र व्यक्तिहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न आग्रह गरे।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com