काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) सँग पार्टी एकता तत्कालका लागि सम्भव नदेखिएको बताएका छन्।

मंगलबार पुस २२ गते पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पुनले विप्लव नेतृत्वको दलसँग एकताका विषयमा हालसम्म कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे। उनले विगतमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) सँग एकता हुँदा विप्लव पक्ष सहभागी नभएको उल्लेख गर्दै सोही बेला एकताको अवसर गुमेको बताए।

advertisement

“विप्लवजीसँग अहिले कुनै कुराकानी भएको छैन। अस्ति नै आउनुपर्थ्यो, त्यो बेला छुट्नुभयो,” पुनले भने, “अब भविष्यमा आउन चाहनुहुन्छ भने स्वागत छ, तर तत्काल आउने सम्भावना हामीले देखेका छैनौँ।

उनले नेपाली कम्युनिस्ट पार्टी व्यवस्था परिवर्तन र संविधान निर्माणका लागि संघर्ष गरेको पार्टी भएको दाबी गर्दै नयाँ वा पुराना कुनै पनि राजनीतिक शक्तिसँग डराउनुपर्ने अवस्था नरहेको जिकिर गरे। पार्टी विचार, सिद्धान्त र संघर्षबाट स्थापित भएकाले आत्मविश्वासका साथ अघि बढिरहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com