काठमाडौं । जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन् । त्यसका लागि उनले अहिले राति ९ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
स्रोतका अनुसार उनी अहिले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जान लागेका छन् । “अहिले केहीबेरमा प्रधानमन्त्रीज्यूलाई भेट्न जाँदै हुनुहुन्छ, सम्भवतः आजै राजीनामा दिनुहुन्छ,” स्रोतले भन्यो ।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार













प्रतिक्रिया