काठमाडौं । निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले हालसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताएका छन्।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएलगत्तै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले यस्तो बताएका हुन्।

advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकीकरण भए पनि आफू आधिकारिक रुपमा पार्टीको सदस्य समेत नरहेकाे बताएका हुन्।

उनले भने, ‘रास्वपा र उज्यालो नेपाल पार्टीको सहमति हालसम्म कार्यान्वयनमा आएको छैन। मेरो समर्थन रहे पनि मैले कुनै पार्टीको सदस्यता लिएको छैन।’

जेन-जी आन्दोलनपछि गठित सरकारमा ११५ दिनसम्म तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेर बाहिरिएका घिसिङले पदभन्दा नैतिकता र आत्मसम्मान ठूलो हुने बताए।

‘कुर्सीभन्दा माथि आत्मसम्मान हुन्छ,’ उनले भने, ‘यो मन्त्रीको पदबाट भर्खरै राजीनामा दिएर आएको छु। पद बाहिर रहेर पनि देश र जनताको लागि काम गर्छु।’

सोही क्रममा उनले राजीनामा पछि रिक्त हुने पदमा आफ्ना मान्छे नियुक्त गर्न सरकारलाई दबाब दिएको भन्ने समाचारहरू नियोजित र भ्रामक रहेको भन्दै खण्डन समेत गरे।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com