काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नं. ३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा मृत्यु हुने ४ जनाको पहिचान खुलेको छ। बुधवार साँझ, स्थानीय ढोल्बु सामुदायिक बनमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भई बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, र पाँचथर घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन्।

advertisement

दुर्घटनामा परेर घाइते भएका २३ जनाको उपचार भइरहेको छ भने चारजना उपचारपछि डिस्चार्ज भएका छन्, जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। दुर्घटना भएको बसमा पिकनिकमा गएका यात्रुहरू, नेचर हब कम्पनीसँग आबद्ध थिए।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com