काठमाडौं। सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै तामाङले २१ फागुनमा हुने निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ बाट उम्मेदवारी दिने बताएकी हुन्।
उनले पछिल्ला केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थन गरेको उल्लेख गर्दै दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारबाट अघि बढ्ने निर्णयमा पुगेको जनाएकी छन्।
तामाङले लेखेकी छन्, “म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी संसद् निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु।
सामाजिक अभियानमार्फत चर्चामा रहेकी तामाङको उम्मेदवारी घोषणासँगै काठमाडौंको चुनावी राजनीतिमा नयाँ चर्चा सुरु भएको छ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार













प्रतिक्रिया