काठमाडौं । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिएका छन्।
उनका अनुसार दुर्घटनामा परी दुवै जना घाइते भएका थिए। घाइते अवस्थामै उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी प्रमुख सिंहका अनुसार जोगबुढा–दैजी सडकखण्डमा जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको म १ प ९९७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार













प्रतिक्रिया