काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै विनाशकारी प्रवृत्ति रोक्न र रचना, निर्माण, विकास तथा संरक्षणको मनोबल बढाउन सबैमा आग्रह गरेका छन्।
सन्देशमा अध्यक्ष ओलीले भनेका छन्:
“आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस हो। अब ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔं। सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना।”
यस वर्ष ३०४औँ पृथ्वी जयन्ती मनाइँदैछ र राष्ट्रिय एकता दिवसको अवसरमा विविध कार्यक्रमहरू आयोजना गरिएको छ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया