काठमाडौं । भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटनको तयारी भइरहँदा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी पंक्तिमाझ भिडिओ सन्देशमार्फत् आफ्नो भनाइ सार्वजनिक गर्दैछन् ।
कोइरालाले विभाजनबाहेक सबै शर्त र विकल्पमा छलफल गर्न आव्हान गर्ने बताइएको छ ।
विशेष महाधिवेशनका लागि काठमाडौं आएका प्रतिनिधि पनि कांग्रेसजन नै भएको भन्दै उनीहरूको भावनालाई बेवास्ता गर्न नहुने तर्कसहित समस्या समाधानको पहलका लागि नेतृत्वलाई अनुरोध गर्ने भएका छन् ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार













प्रतिक्रिया