काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा दोस्रो विशेष महाधिवेशन स्थलमा आउन लागेका छन्। भृकुटीमण्डपमा उद्घाटन हुन लागेको दोस्रो विशेष महाधिबेशनमा सहभागी हुन निवासबाट महामन्त्री थापा हिँडेका हुन्।

सामाजिक सञ्जालमा महामन्त्री थापाले वुवा र आमाको आर्शीवाद लिएर आउदै गरेको जानकारी दिएका हुन्। उनले लेखेका छन्- यहाँहरुको माया अनि आमाबुवाको आशीर्वाद लिएर आउँदैछु।’

advertisement

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन केहीबेरमा हुँदैछ। अहिले विभिन्न स्थानबाट झाँकी सहितका र्‍याली भृकुटीमण्डमा प्रवेश गरिरहेका छन्।


प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com