काठमाडौं । आजदेखि सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरूको सहभागिता क्रमशः बढ्दै गएको छ। काठमाडौंको भृकुटीमण्डपमा भइरहेको महाधिवेशनमा बिहानैदेखि उत्साहपूर्ण उपस्थिति देखिएको छ।

आयोजक समितिका अनुसार बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको हो। महाधिवेशनस्थलमा उपस्थित अधिकांश प्रतिनिधिहरूले पार्टीलाई नयाँ दिशामा लैजान नेतृत्व परिवर्तन अनिवार्य भएको धारणा राखेका छन्।

advertisement

प्रतिनिधिहरूका अनुसार वर्तमान नेतृत्वमा कांग्रेस अघि बढ्न कठिन भएको छ। उनीहरूले पार्टीलाई आम नागरिकसँग नजिक पुर्‍याउन नीतिगत सुधारसँगै पुस्तान्तरण आवश्यक रहेको बताए।

ताप्लेजुङबाट सहभागी प्रतिनिधि तिलप्रसाद सुब्बाले कांग्रेसलाई रूपान्तरण गर्दै जनतामाझ लैजान नेतृत्व हस्तान्तरण अपरिहार्य भएको बताए। दैलेखबाट आएका प्रतिनिधि सूर्य विकले अब पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै विशेष महाधिवेशनले जनताको भरोसा पुनः जित्ने निर्णय गर्नुपर्ने धारणा राखे।

झापा क्षेत्र नम्बर १ का प्रतिनिधि खड्गबहादुर धिमाल भने दुर्घटनामा घाइते अवस्थामै महाधिवेशनमा सहभागी हुन काठमाडौं पुगेका छन्। उनले नीति मात्र होइन, नेतृत्व नै परिवर्तन नगरी कांग्रेस जनतामा फर्कन नसक्ने अवस्था रहेको स्पष्ट पारे।

विशेष महाधिवेशनमा नेतृत्व परिवर्तनको मुद्दा केन्द्रीय बहसको विषय बनेको छ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com