जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ वार्षिक संशोधित बजेट विनियोजन गरेको छ ।

आइतबार आयोजित १४औँ नगरसभा (हिउँदे) बैठकले वार्षिक संशोधित बजेट विनियोजन गरेको हो ।

advertisement

उपप्रमुख किशोरी साहले बजेट प्रतिवेदन प्रस्तुत गर्दै सङ्घीय सरकार तथा प्रदेश सरकार तर्फको समानीकरण, ससर्त, समपूरक, विशेष, राजस्व बाँडफाँट, आन्तरिक राजस्व तथा गत आर्थिक वर्षको समेत गरी उक्त बजेट पेस गरिएको बताए।

उपमहानगरपालिकाले चालु आवको हालसम्म रु ९९ करोड ४१ लाख २५ हजार ४५७ आम्दानी गरेको छ भने रु ४१ करोड सात हजार ८०८ कुल खर्च गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यसअघि चालु आवका लागि १३औँ नगरसभाबाट स्वीकृत भएका अनुमानित आय तथा व्ययका विवरण कार्यान्वयनमा रहेका छन् ।

आजको नगरसभा बैठकले नगरपालिकाअन्तर्गत दरबन्दीमा कार्यरत सम्पूर्ण करार सेवाका कर्मचारीलाई यही माघ १ गतेदेखि लागू हुनेगरी स्थायी कर्मचारीसरह मासिक रु पाँच हजार महँगी भत्ता दिने तथा जग्गा वर्गीकरणका लागि रकम विनियोजन गरेको छ ।

उपमहानगर प्रमुख मनोज साहको अध्यक्षतामा भएको बैठकमा स्थानीय जनप्रतिनिधि तथा उपमहानगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

  • रासस

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com