काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूसँग पार्टी संस्थापक नेताहरूको रगत (वंश) नभए पनि उहाँहरूको विचार र अदम्य साहस रहेको बताएका छन्।

आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले वंशवादको राजनीतिलाई चुनौती दिँदै विचार र साहसले नेतृत्व गर्ने दाबी गरे।

advertisement

आफू कुनै ठूला नेताको सन्तान नभएको प्रसंग कोट्याउँदै उनले भने, ‘मेरो शरीरमा गणेशमान सिंहको रगत छैन, बीपी कोइरालाको रगत छैन। तर मसँग बीपीको विचार छ, गणेशमानको साहस छ।’

महामन्त्री थापाले कांग्रेसको नेतृत्व गर्न वा पार्टी हाँक्नका लागि कुनै नेताको छोरा वा छोरी नै हुनुपर्छ भन्ने मान्यता गलत भएको बताए।

‘गणेशमानको छोरा म होइन, बीपीको छोरा म होइन,’ उनले भने, ‘तर उहाँहरूको विचार र साहस बोकेर हिँडेको छु। त्यसैले यो पार्टी बनाउने र बचाउने तागत राख्छु।’

उनले कांग्रेस कुनै परिवार वा वंशको बिर्ता नभएको र यसमा आम कार्यकर्ताको रगत-पसिना बगेको भन्दै पार्टीमा काम गर्ने जो-कोही पनि नेतृत्वमा पुग्न सक्ने जिकिर गरे।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com