काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी कुनै पनि अवस्थामा विभाजन नहुने स्पष्ट पारेका छन्।
सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र सहमतिको प्रयास जारी रहेको जानकारी दिए।
शशांक कोइरालाले भने, ‘मिल्नका लागि निरन्तर प्रयास भइरहेको छ। नेपाली कांग्रेस कुनै पनि हालतमा टुक्रिनु हुँदैन भन्ने हाम्रो दृढ धारणा हो।’
कांग्रेसभित्र इतर पक्षका नेताहरूले विशेष महाधिवेशन अघि बढाएपछि संस्थापन पक्षका नेताहरू थप छलफल र रणनीति निर्माणमा जुटेका छन्।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया