काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत सेप्टेम्बरमा आफूलाई पदबाट हटाउने उद्देश्यसहित भएको जेन–जी विरोध प्रदर्शन योजनाबद्ध षड्यन्त्र भएको दाबी गरेका छन्।

सोमबार रुसी टेलिभिजन च्यानल आरटी इन्डियालाई दिएको अन्तर्वार्तामा ओलीले उक्त आन्दोलन असामान्य ढंगले अचानक नभई सुनियोजित रूपमा आयोजना गरिएको बताएका हुन्। उनका अनुसार दुई दिनसम्म चलेको हिंसात्मक झडपमा ७७ जनाको ज्यान गएको थियो भने दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए।
‘त्यो साधारण वा सामान्य घटना थिएन। त्यो अत्यन्तै असामान्य थियो र अचानक हुन सक्दैन। यो योजनाबद्ध रूपमा आयोजना गरिएको थियो भन्ने कुरा त्यसबेला र पछि भएका घटनाक्रमले पनि पुष्टि गर्छ,’ ओलीले अन्तर्वार्तामा भने।

advertisement

उनले श्रीलंका र बंगलादेशमा भएका राजनीतिक आन्दोलनका घटनाहरूलाई उदाहरण दिँदै नेपालमा पनि त्यस्तै प्रकारका प्रदर्शन हुन सक्ने चेतावनी आफूले पहिले नै दिएको उल्लेख गरे। क्षेत्रीय अस्थिरता र बाह्य प्रभावका कारण नेपालमा पनि यस्ता गतिविधि देखिएको उनको संकेत थियो।

ओलीले नेपालको वर्तमान राजनीतिक अवस्था तत्काल निर्वाचन गराउन उपयुक्त नभएको तर्कसमेत अघि सारे। गत वर्ष आफू अपदस्थ भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको र आगामी ५ मार्चका लागि निर्वाचनको मिति तोकिएको सन्दर्भमा उनले गम्भीर प्रश्न उठाएका छन्।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com