काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको अन्तिम टुंगो लगाउन बैठक बोलाइएको हो।

पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक आज दिउँसो १ बजे बस्नेछ।

advertisement

निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुने भएकाले त्यसअघि नै उम्मेदवार तय गर्न एमालेले सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्।

यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। सोही सिफारिसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा सिफारिस भएको जनाइएको छ।

हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नका उम्मेदवार अघि बढाउने तयारी गरेको छ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंग्याउने जिम्मेवारी सचिवालयलाई प्रदान गर्ने निर्णय गरेको थियो।

प्रतिनिधिसभा निर्वाचनको मतदान फागुन २१ गते हुने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com