काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) बस्दैछ। बैठक साढे ११ बजे थापागाउँस्थित अर्पण ब्याङ्केटमा आयोजना गरिने जानकारी दिइएको छ।
पार्टीको दोस्रो विशेष महाधिवेशन २७–३० पुसमा काठमाडौंमा सम्पन्न भएपछि निर्वाचन आयोगले कांग्रेसलाई आधिकारिक मान्यता दिएको भन्दै बैठक बस्न लागेको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, निर्वाचन तयारी र प्रतिनिधिसभाका उम्मेदवारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यस्तै, निर्वाचन आयोगबाट कांग्रेसको आधिकारिकता गुमाएको शेरबहादुर देउवा नेतृत्वको समूहको बैठक भने सानेपामा जारी छ।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार












प्रतिक्रिया