काठमाडौं । नेपाली कांग्रेसबाट विभाजित बनेको देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइरालाको समूह अनुपस्थित हुने भएको छ । सानेपास्थित पार्टी कार्यालयमा बस्ने देउवा समूहको कार्यसमिति बैठकमा शेखर समूहका नेताहरु नआउने भएका हुन् ।

गगन थापा पक्षले विशेष महाधिवेशन बोलाएयता नेता शेखर कोइराला संस्थापनतिर लागेका थिए । पार्टीमा विभाजन आएपछि उनले खुलेरै गगन पक्षको आलोचना गरे । तर, निर्वाचन आयोगले गगन पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि शेखर समूहले रणनीतिमा पुनर्विचार गर्ने भएको छ ।

advertisement

कोइरालाले आफू निकट केन्द्रीय सदस्य र पदाधिकारीसँग बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा छलफल गरिरहेका छन् । आजको वैठकमा सहभागी नहुने र बदलिएको परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर विमर्श भइरहेको कोइरालाको सचिवालयले जनाएको छ ।

देउवा पक्षले बोलाएको बैठकमा नेताहरु आउन थालिसकेका छन् ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com