काठमाडौं ।  नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।

गगनकुमार थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले कुनै अप्राकृतिक गठबन्धन नगर्ने संकल्प गरेको प्रवक्ता देवराज चालिसेले बताए।

advertisement

उनले पार्टी एकताबद्ध भएर चुनावमा होमिने पनि बताए। जेन-जीको आकांक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा साकार पार्न पार्टी केन्द्रित हुने उनको भनाइ छ।

कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न पनि अपिल गरेको छ। बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता चालिसेले पार्टीका अगाडि चुनौतीका पहाड रहेकाले एकतामा जोड दिने निर्णय भएको बताए। “जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ। निर्वाचन पनि आइरहेको छ‚” उनले भने‚ “पार्टीको एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्‍याउन हार्दिक अपिल गर्ने निर्णय गरेको छ।”

निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसले पार्टीलाई बलियो बनाउने भूमिकामा खेल्न आग्रह गरेको छ। यस्तै बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका रहन आग्रह गरेको छ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com