काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षका नेता शेखर कोइरालाले आफू निकट नेताहरुको विशेष भेला बोलाएका छन्। भेला आज दिउँसो १ बजे राजधानीको अनुपम फुडल्यान्डमा आयोजना हुने बताइएको छ।
कोइरालाको सचिवालयले जानकारी दिँदै भेला बोलाइएको समय पुष्टि गरेको छ। साथै, सचिवालयले नेपाली कांग्रेस (गगन थापा पक्ष) बाट टिकट लिएर चुनाव लड्ने भन्ने हल्ला पूर्णरूपमा गलत रहेको स्पष्ट पारेको छ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया