काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने तयारी गरिएको छ।

पार्टीको उम्मेदवार तय गर्न केही बेरमा बैठक बस्ने सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन्। उनका अनुसार हालसम्म कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवार अन्तिम रूपमा टुंगो लागेको छैन।

advertisement

अहिलेसम्म कतैको पनि उम्मेदवार फाइनल भएको छैन। केही बेरमा संसदीय बोर्डको बैठक बसेर टुंग्याउने तयारी छ, सहमहामन्त्री संग्रौलाले भनिन्, “सबै पक्षलाई मिलाएर टिकट वितरण गर्ने प्रयास भएकाले केही ढिलाइ भएको हो। अब सहमतिमा पुग्छौँ।

उनले निवर्तमान सभापति समूह र डा. शेखर कोइराला समूहलाई समेत समेटेर उम्मेदवार चयन गर्ने प्रयास भइरहेको जानकारी दिइन्।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com