काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मधेसी समुदायका कारण मात्र होइन, सही व्यक्ति र सही नेतृत्व आउने भएकाले घन्टी चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।
सोमबार जनकपुरमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै शाहले भने, “मधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर मात्र घन्टीमा भोट हाल्ने होइन। सही मान्छेहरू आउनेवाला छन्, त्यसैले घन्टीमा भोट हाल्नुस्। सही समय, सही सरकार आउनेवाला छ, त्यसैले घन्टीमा भोट हाल्नुस्।”
आफ्नो पहिलो राजनीतिक सभामा मैथिली भाषामा सम्बोधन गरेका शाहले प्रदेशलाई बलियो बनाउने आवश्यकता औँल्याउँदै काठमाडौं अधिकार माग्न जानुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रदेश सक्षम भए नागरिकहरू माग लिएर राजधानी धाउनुपर्ने अवस्था नआउने बताए।
मिटरब्याज पीडित र उखु किसानहरू आफ्ना समस्या लिएर काठमाडौं आउनुपरेको प्रसंग उल्लेख गर्दै शाहले आफू काठमाडौं महानगरपालिकाको मेयर रहँदा उनीहरूका लागि चाहेजस्तो काम गर्न नसकेको स्वीकार गरे।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार













प्रतिक्रिया