काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा सकिएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त रिटको सुनुवाइ पूर्ण गरेको जनाएको छ।
यस रिट सर्वोच्चमा शेरबहादुर देउवा सहित दुई जनाको तर्फबाट दायर गरिएको थियो। देउवा पक्षले निर्वाचन आयोगलाई विपक्षी बनाएर विशेष महाधिवेशनको वैधानिकता चुनौती दिएका थिए।
गगन थापा–विश्वप्रकाश शर्मा पक्षले आयोजना गरेको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको थियो। देउवा पक्षले यो महाधिवेशन अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोग पुगेको थियो, तर आयोगले थापा नेतृत्वको समितिलाई वैधानिकता दिएको थियो।
सर्वोच्चमा पनि सुनुवाइपछि विशेष महाधिवेशनबाट गगन थापालाई सभापति निर्वाचित गरिएको निर्णयलाई पुष्टि गरिएको छ।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारको टिकट वितरणमा थापाले नै हस्ताक्षर गर्दै उम्मेदवारी सुनिश्चित गरिरहेका छन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया