पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङले गोरखा–१ बाट औपचारिक रूपमा मनोनयन दर्ता गरेका छन्।

मंगलबार दिउँसो जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। गुरुङ र्‍यालीसहित कार्यालय पुगेका थिए, जहाँ उनी मौलिक पहिरनमा उपस्थित हुँदा समर्थक तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको थियो।

advertisement

निर्वाचन प्रक्रिया अनुसार गुरुङको प्रस्तावकमा एजिला गुरुङ रहेकी छन् भने समर्थकमा सुजन देवकोटा रहेका छन्। रास्वपाले गोरखा–१ मा चुनावी अभियानलाई थप तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com