काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरूलाई नेकपा प्रवेश गराउँदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका हुन् ।

advertisement

उनले देशलाई फेरि अर्को अनिष्टमा जान नदिने जिम्मेवारी आफूहरूले लिएको भन्दै वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकै ठाँउमा ल्याउने अभियानको सुरुवात गरेको धारणा राखे । राष्ट्र संकटमा रहेकाले वामपन्थीहरू एकताबद्ध हुन उनले आह्वान समेत गरे ।

त्यस्तै प्रचण्डले जेन-जी आन्दोलन र संसद् बिघटनपश्चात संसद् पुनर्स्थापना र सर्वपक्षीय सरकारको चर्चा चलेपछि आफूहरूले निर्वाचनमा नै जोड दिएको धारणा राखे । अहिले देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै प्रचण्डले निर्वाचनमा नेकपा एक नम्बरको पार्टी हुने दाबी गरे ।

त्यसैगरि नेकपाका सह–संयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टीमा धेरै विकृति र समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि कम्युनिस्ट पार्टीहरू एकीकृत भएको बताए ।

गलत प्रवृत्ति र सोचसँग जुध्नका लागि पवित्र भावनाका साथ जनतामाझ जाने र जनताले नेकपालाई सबैभन्दा ठूलो पार्टीको रुपमा विजयी गराउने उनले बताए ।

कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने, अम्बिरबाबु गुरुङ लगायतका नेताहरूलाई नेकपा प्रवेश गराइएको थियो ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com