काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनिएको मधेस सभा स्थगित गरेको छ।

सभापति गगन थापासहितका नेताहरूले माघ ११ गते मधेस भ्रमण गर्ने र माघ १६ गते जनकपुरमा सभा गर्ने कार्यक्रम तय गरेका थिए। तर निर्वाचन आचारसंहिता लागू भइसकेको कारण र फागुन ४ अघि उम्मेदवारहरूले प्रचारप्रसार वा कुनै पनि सभा जुलुस गर्न नपाउने निर्वाचन आयोगको निर्देशनपछि कांग्रेसले मधेस सभाको मिति परिवर्तन गरेको हो।

advertisement

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार दर्ता अघि नै आयोगले आचारसंहिता लागू गरेको थियो। यसपटक उम्मेदवार दर्ता माघ ६ गते भएको थियो।

कांग्रेसका एक नेताका अनुसार मधेस सभाको नयाँ मिति पछि छलफल गरी तय गरिनेछ।

कांग्रेस सभापति गगन थापा सर्लाही-४ क्षेत्रबाट उम्मेदवार छन्।

प्रकाशित मिति: ११ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com