चितवन ।  भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले यहाँको उत्पादन बिक्रीका लागि सहज बजार पाएका छन्। विगतमा भारतीय दूध सस्तो हुँदा ठूलो मात्रामा अवैध रूपमा नेपालमा आयात भइरहेको थियो र यसले नेपाली उत्पादन प्रभावित हुन्थ्यो। तर यस वर्ष भारतमा दूधको मूल्य नेपालको भन्दा बढी भएपछि भारतीय बजारबाट दूध आउन कम भएको छ र नेपाली दूध सीमा क्षेत्रबाट अवैध रूपमा भारत लैजाने क्रम सुरु भएको छ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार दैनिक रूपमा यहाँ ४५ लाख लिटर हाराहारी दूध उत्पादन हुन्छ। गत वर्षको तुलनामा करिब एक लाख लिटर घटेको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले भारततर्फ दूध नआएपछि स्थानीय उत्पादनले बजार पाएको र विगतमा मिल्क होलिडे गर्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो।

advertisement

चितवन मिल्कका प्रबन्धक दुर्गाप्रसाद पराजुलीका अनुसार गत वर्ष दैनिक दुई लाख लिटर दूध प्रशोधनका लागि आउँथ्यो भने यस वर्ष करिब ७० हजार लिटर मात्रै आएको छ। उद्योगले दैनिक डेढ लाख लिटर दूध प्रशोधन गर्न सक्ने क्षमता राखेको छ।

त्यसैगरी जिल्लाका सुन्तलाखेती किसानले रु नौ करोड १० लाख बराबरको सुन्तला बिक्री गरेका छन्। इच्छाकामना गाउँपालिका र भरतपुर–२९ का किसानले उत्पादन गरेको सुन्तलामा वृद्धावस्था, बेमौसमी वर्षा, रोग, मलजलको कमी र बजार अस्थिरताका कारण उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ।

यस वर्ष चितवनमा दूध र सुन्तलाले किसानलाई राहत प्रदान गरेको देखिएको छ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com