काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचन असाधारण परिस्थितिमा हुँदै गरेको बताएका छन्।

नेकपाको निर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै उनले यो निर्वाचन दुर्घटनाग्रस्त नेपाललाई बचाउने एउटा प्रयासको रूपमा आएको उल्लेख गरे।

advertisement

प्रचण्डले भने, असाधारण परिस्थितिको, आकस्मिक ढङ्गले आइलागेको निर्वाचनमा हामी सहभागी हुँदै छौँ। त्यसैले यसलाई सामान्य अर्थमा बुझेर हुँदैन। निर्वाचनको बाटोबाट दुर्घटनाग्रस्त नेपाललाई बचाउने प्रयास स्वरूप यो निर्वाचन अगाडि आएको हो।

उनले सबै खाले प्रतिक्रियावादी, वैदेशिक चलखेल र षड्यन्त्रलाई परास्त गर्न नयाँ पहलकदमीको आवश्यकता महसुस गरी नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया अघि बढाएको पनि बताए।

१०, १५ हुँदै आज २३ वटा कम्युनिस्ट र समाजवादी घटकलाई मिलाएर नयाँ राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पका साथ हामी अघि बढेका छौँ। म ७२ वर्षको भए पनि अझै केही वर्ष सक्रिय रहिरहने छु। तपाईंहरू, विशेषगरी ४० वर्ष वरिपरिका साथीहरू, अवसर आउँदा सक्रिय रहनुहुनेछ, उनले भने।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com