काठमाडाैं । बिहीबार चुनावी प्रचार–प्रसारका क्रममा मधेश प्रदेश पुगेका अध्यक्ष घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अबको प्रधानमन्त्री उज्यालो नेपाल पार्टीबाट हुने बताए। देशमा वास्तविक परिवर्तन ल्याउन उज्यालो नेपाल पार्टीको नेतृत्वमा सरकार गठन हुने उनको दाबी छ।
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनका माग र भावनालाई आत्मसात् गर्दै अगाडि बढिरहेको उल्लेख गरे। पछिल्लो समय काम गरेर परिणाम देखाएका व्यक्तिहरू मिलेर पार्टी गठन गरिएको भन्दै उनले उज्यालो नेपाल पार्टी देश परिवर्तनको अभियानका साथ मैदानमा उत्रिएको बताए।
“अबको भोट भाषण गर्नेको होइन, काम गर्नेको हो,” उनले भने। केही दलहरू भाषण र सामाजिक सञ्जालको प्रभावमा स्थापित भएको टिप्पणी पनि उनले गरे।
अध्यक्ष घिसिङले आजबाट मधेश प्रदेशको भ्रमण सुरु गरिएको जानकारी दिँदै जनताको घरदैलो कार्यक्रममा सहभागी हुन मधेश आएको बताए। मधेश प्रदेशका आठै जिल्लामा पार्टीका उम्मेदवार रहेकाले सबै जिल्लामा पुगेर भेटघाट तथा छलफल गर्ने उद्देश्य रहेको उनको भनाइ थियो।
मधेश भ्रमणका क्रममा अध्यक्ष घिसिङले जनकपुरधामस्थित जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पूजा–अर्चना गरेका छन्। साथै, उनले पिडारी चोकमा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालयको उद्घाटनसमेत गरेका छन्।
अध्यक्ष घिसिङ आजै सिरहा पुगेर कमला पुलको निरीक्षण गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार













प्रतिक्रिया