काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी १६ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुच्र्यौँडी नगरपालिका–७ बडगाउँ मोडमा आज दुर्घटनामा परेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए।
पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो। घाइतेको उद्धार कार्य जारी रहेको र विस्तृत विवरण प्राप्त हुन नकसेको प्रहरी निरीक्षक बडूले बताउनुभयो । अहिले विभिन्न स्थानबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार












प्रतिक्रिया