काठमाडौं । टि–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले १८५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इङल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।

इङल्याण्डका लागि ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रुकले ५३, विल ज्याक्सले ३९, जोश बटलरले २६ रन बनाए ।

advertisement

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com