काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकप २०२६ मा आफ्नो पहिलो जित हासिल गरेको छ। मंगलबार समूह ‘ए’ अन्तर्गत भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गर्दै २ अंक जोडेको हो।
नामिबियाले दिएको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेदरल्यान्ड्सका बास डे लिडेले ४८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७२ रन बनाए। कोलिन एकरम्यानले ३२ रन र माइकल लेभिटले २८ रन जोडे।
नामिबियाका लागि बर्नार्ड स्कोल्ज, जेरार्ड एरासमस र जान निकोल लफ्टी इटनले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो। लफ्टी इटनले सर्वाधिक ४२ रन बनाए भने जान फ्रायलिन्कले ३० र जेजे स्मिटले २२ रन योगदान दिए। नेदरल्यान्ड्सका लोगान भान भिक र बास डे लिडेले २–२ विकेट लिए, भने आर्यन दत्त र फ्रेड क्लासेनले १–१ विकेट हात पारे।
यसअघि नेदरल्यान्ड्स पाकिस्तानसँगको खेलमा पराजित भएको थियो
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार













प्रतिक्रिया