झापा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदो प्रतिनिधिसभा निर्वाचनमार्फत आफ्नो पार्टीलाई संसद्मा निर्णायक शक्ति बनाउनु आवश्यक रहेको बताएका छन्।

जेसिजले आयोजना गरेको ककस कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशमा विभिन्न राजनीतिक, आर्थिक र सामाजिक समस्याहरू समाधान गर्न नवीन दृष्टिकोण आवश्यक रहेको बताए। उनले भने, “यो समय नयाँ सोच र नविन विचारका लागि हो। समस्याको समाधानका लागि हामीले पुरानै तरिकामा होइन, सोचाइ र विचारका आधारमा निर्णय लिनुपर्ने बेला आएको छ। हाम्रो पार्टीले यस विषयमा स्पष्ट आवाज उठाइरहेको छ।”

advertisement

अध्यक्ष लिङ्देनले वर्तमानमा नयाँ र पुरानो नेतृत्वको चर्चा भइरहेकाले मूल्याङ्कनमा उमेर, पार्टी वा अनुहार जस्ता सतही आधारमा नभइ विचार, नीति र प्रस्तावित कार्यक्रमका आधारमा निर्णय लिनुपर्ने धारणा व्यक्त गरे। उनले दीर्घकालीन शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रक्रिया सुदृढ गर्न निर्वाचनअघि नै राष्ट्रिय सहमति र साझा दिशानिर्देशन आवश्यक रहेको उल्लेख गरे।

उनले आगामी चुनावलाई मात्र सत्ता प्राप्त गर्ने माध्यम नभइ राष्ट्र र जनताको हितमा निर्णायक कदम चाल्ने अवसरको रूपमा लिनुपर्नेमा जोड दिएका छन्। अध्यक्ष लिङ्देनले आफ्नै पार्टीलाई संसद्मा निर्णायक भूमिका खेलाउन सक्षम बनाउने रणनीति र अभियानमा केन्द्रित रहने पनि बताएका छन्।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com