काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं. १ का उम्मेदवार रवीन्द्र मिश्र ले पूर्वराजा ज्ञानेन्द्र शाह को स्वागत गर्नु आफूहरूको प्राकृतिक अधिकार भएको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “विमानस्थलजस्तो संवेदनशील क्षेत्र सुरक्षित रहोस्, तर त्यसबाहिर राजालाई शान्तिपूर्वक स्वागत गर्नु हाम्रो नैसर्गिक अधिकार हो। अरूको स्वागत गर्दा केही नहुने, तर राजाको स्वागतमा निषेधाज्ञा किन? कृपया, निषेधको राजनीतिलाई अब अन्त्य गरौँ।”
हाल झापामा रहेका पूर्वराजा शाह आज काठमाडौँ फर्किने तय भएसँगै, राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा स्वागतको तयारी गरिरहेका छन्।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया