काठमाडौं। फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो।
बिहीबार ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोवार भैइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया