काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी भएका छन्। कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका हुन्।
नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी परेर बेहोस भएको उनका स्वकीय सचीव भरत तिवारीले बताए ।
स्वकीय तिवारीका अनुसार कोइरालालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ।
‘उहाँ चुनावी कार्यक्रममा सहभागी हुँदा बेहोस हुनुभएको हो। चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ, उहाँको अवस्था सामान्य छ,’ उनले ग्लोबल नागरिकसँग भने।
कोइरालाको होस फर्किसकेको छ। मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार
प्रतिक्रिया