काठमाडौं। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित गुर्जुधाराबाट प्रहरीले लागुऔषध (पोल्यान्ड) र ट्रामाडोल सहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएर गुर्जुधारामा डेरामा बस्ने ५६ वर्षीया सञ्च माया तामाङ छिन् ।
प्रहरी प्रभाग बलम्बुकी इन्स्पेक्टर लक्ष्मी खड्का नेतृत्वको टिमले आइतबार उनको डेरामा खानतलासी गर्दा ५ केजी गाँजाको धुलो (पोल्यान्ड) जस्तो पदार्थ र २५० क्याप्सुल ट्रामाडोल फेला परेको हो ।
प्रहरीले उनको डेराबाट २ लाख ६२ हजार नगद पनि बरामद गरेको छ । आरोपीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया