काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा मेट्रोदेखि मोनो रेलसम्म चलाउने योजना अगाडि सारेको छ ।
माओवादी केन्द्रले सोमबार सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा काठमाडौं उपत्यकाको बागमती, विष्णुमति, धोवीखोला र मनोहरा कोरिडोरमा मेनोरेल सञ्चालनका लागि योजना बनाउने उल्लेख गरेको छ ।
काठमाडौंको चक्रपथ र बूढानीलकण्ठदेखि ललितपुरको सानेपा तथा थानकोटदेखि भक्तपुरको साँगासम्म मेट्रो रेल चलाउने योजना सुरु गर्ने योजना पनि अघि सारेको छ । रेलसँगै काठडमाडौं उपत्यकामा बिजुलीबाट चल्ने ५ सय वटा बस चलाउने योजना प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।
यसबाहेक पोखारा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायत मुख्य शहरमा मेट्रो तथा मनो रेल र ट्रली बस चलाउने योजना अघि सारेको छ ।
प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार
प्रतिक्रिया