बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवामा फागुन ९ गते आयोजना गर्ने भनिएको चुनावी सभा स्थगित गरेको छ।
रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राम घिमिरेले भोलि हुने भनिएको कार्यक्रममा केन्द्रको निर्देशन अनुसार रोक लगाइएको जानकारी दिएका छन्। घिमिरेले भने, ‘केन्द्रबाट विशेष कारण देखाउँदै कार्यक्रम स्थगित गर्न निर्देशन आएको हो, अन्य विवरण खुलाइएको छैन।’
पार्टीले भैरहवामा चुनावी सभा व्यापक रूपमा तयारी गरेको थियो। सभामा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने तयारी गरिएको थियो
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया