वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी सेनाको बहादुरी देखेर आफू चकित भएको बताएका छन् । आफ्ना रक्षा सल्लाहकारहरूसँगको कुराकानीमा बाइडेनले भने, ‘युक्रेनी सेना मैले सोचेभन्दा बलियो र आफूमाथि गर्व गर्ने स्वभावको छ।’
राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्र संघले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चकित बनाएको पनि बताएका छन् । ‘युक्रेनलाई हतियारमा बारूदको आपूर्ति जारी छ। हामी विश्वमा साझेदारीको महत्त्व बुझिरहेका छौं।’उनले भने ।
गत साता ८० करोड डलर सहयोगको घोषणा गरेपछि अमेरिकाले युक्रेनलाई अर्को खेप हतियार पठाउने भएको हो । ह्वाइट हाउसका प्रवक्ता जेन साकीले पत्रकार सम्मेलनमा युक्रेनलाई दिइने सैन्य सहायताको ढाँचा कस्तो हुनेछ भन्ने कुरा भने भनेका छैनन् ।।
तर उनले युक्रेनी सरकार र सेनालाई पूर्ण सहयोग दिने भनेका छन् जसले गर्दा उनीहरूले युद्धको मैदानमा रुससँग प्रभावकारी तरिकाले लड्न सक्नेछन् ।
प्रकाशित मिति: ८ बैशाख २०७९, बिहिबार
प्रतिक्रिया