काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नै उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत उपचारमा कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने जानकारी दिँदै सहयोगको आग्रह गरेकी हुन्।

उनको दायाँ घुँडामा एसीएल र एमसिएल दुबैमा गम्भीर चोट लागेको छ। यसअघि शल्यक्रिया गरिसकेकी उनी अब जटिल पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेको बताइन्। उनले उपचारका लागि कतारको अस्पेटारमा गरिएको उच्च स्तरको उपचारलाई नै प्राथमिकतामा राख्न चाहेको उल्लेख गरिन्।

advertisement

साम्बाले एन्फा र सरकारबाट सहयोग प्राप्त नभएको गुनासो पनि गरिन्। उनका अनुसार, एन्फा अध्यक्षले प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिँदै नगद पाँच लाखसम्म मात्रै सहयोग गर्न सकिने बताएका थिए। यसले उनको उपचार प्रक्रिया ढिला भएको छ। उनले लेखिन्, ‘पहिले चालेको प्रक्रिया रोकियो र झन्डै दुई महिनापछि मात्र शल्यक्रियाको मिति तय गर्न सकिने अवस्था आएको छ।’

सरकारी प्रक्रियासमेत अपेक्षाअनुसार अघि बढ्न नसकेको बताउँदै साम्बाले भनिन् कि यस्तो अवस्थामा उनले समयमै शल्यक्रिया नगरी राख्न असम्भव छ।

अस्ट्रेलियन ए लिगमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी साम्बा डेढ महिनाअघि ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा घुँडामा गम्भीर चोट लागेकाे  थियाे।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com