काठमाडाैं । नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति विष्णुबहादुर खड्काले कर्णालीमा पार्टी एक ढिक्का भएर चुनावी मैदानमा होमिएको दाबी गरेका छन्।
सुर्खेत–१ का उम्मेदवारसमेत रहेका खड्काले सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कर्णालीका १० वटै निर्वाचन क्षेत्रमा कांग्रेसप्रति जनलहर आएको र सबै क्षेत्रमा पार्टीले जित हासिल गर्ने दाबी गरे।
उनले नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलले कांग्रेस विभाजित भएको भन्दै गलत भाष्य निर्माण गरेर जनतामा भ्रम फैलाउने प्रयास गरेको आरोप लगाए। ती प्रचारप्रति विश्वास नगर्न उनले आग्रह गरे।
कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काका भाइसमेत रहेका खड्काले भने, हाम्रो पार्टी अहिले एक ढिक्का भएर चुनावमा होमिएको छ। कुनै समस्या छैन। बाहिर आएको हल्ला हामीलाई कमजोर बनाउने उद्देश्यका लागि गरिएको हो। रूख चिन्हमा मतदान गरेर कांग्रेसलाई विजयी गराऔँ।
उनले आफू सुर्खेत–१ को उम्मेदवार भए पनि यस क्षेत्रबाट कांग्रेसका सबै उम्मेदवारलाई जिताउन सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
खड्काले जेनजी आन्दोलनपछि आएको परिवर्तनको चाहना र देश बदल्ने आकांक्षासहित कांग्रेस निर्वाचनमा होमिएको उल्लेख गर्दै पार्टीलाई सहयोग गर्न मतदातासँग अपिल गरे।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया