काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का प्रतिनिधि सभा उम्मेदवार गिरीराज अर्याल (राकेश)ले काठमाडौँ क्षेत्र नम्बर ६ मा आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन्।
उनले प्रेस विज्ञप्ति मार्फत नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हिमाल शर्मालाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिएका छन्। अर्यालले मतदाता तथा जनसमुदायसँग तारा चिह्नमा मतदान गरी प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेक छन्।
उनले वर्तमान परिस्थितिमा नेपाली कम्युनिस्ट पार्टी नै स्पष्ट एजेन्डा र अग्रगामी सोचसहित अगाडि बढिरहेको पार्टी भएको भन्दै आफ्नो निर्णयको औचित्य स्पष्ट पारेका हुन्। यस निर्णयसँगै अर्यालसहित सम्पूर्ण क्षेत्रीय कमिटी नेकपामा समाहित भएको छ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया