सल्यान । रास्वपाको झण्डा राखेर चुनावी प्रचारमा हिँडेको एक जीपबाट प्रहरीले ठूलो परिमाणमा मदिरा र चामल बरामद गरेको छ।

सोमबार बिहान बन्गाड, कुपिन्डे नगरपालिका–१, सल्लीबजारबाट ०२–००१ च ०४२९ नम्बरको जीपमा राखिएको २५ किलोका दुई बोरा चामल, ‘गोली डायमण्ड’ लेखिएका सात कार्टुन मदिरा, दुई कार्टुन ‘रकस्टार’ बियर र तीन कार्टुन खानेतेल बरामद गरिएको हो।

advertisement

प्रहरीले बरामद सामानसहित जीपका चालक र सवार एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

जीप चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सामान बोकेर लैजाने ३७ वर्षीय मोहन बीसीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com