काठमाडौं । निर्वाचन प्रक्रियामा अवरोध ल्याउने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अवि नारायण काफ्ले का अनुसार देशभरबाट पक्राउ परेका व्यक्तिहरूमध्ये हिजो सोमबार मात्रै ९ जनालाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेकामध्ये हाल ७६ जना हिरासतमा राखिएका छन् भने बाँकी ६६ जनालाई छोडिएको छ।
प्रहरीले यस प्रकारका गतिविधि रोक्न निगरानी कडा बनाएको र आवश्यक कारवाही अघि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया